नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडे

दाङ
२८ असोज/नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल कप्तान पारसकाे याे निर्णयले क्रिकेट जगत नै चकित परेकाे छ ।

सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारस विनोद दासपछि नेपाली टिमकाे नेतृत्व गर्दे आएका थिए ।उनले पहिलाेपटक एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको थियाे । यतिमात्र हाेइन उनकै कप्तानीमा सन् २०१४ मा नेपालले पहिलो पटक टि ट्वान्टी विश्वकप खेलेकाे थियाे ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । बिश्व बरियतामा पनि नेपालका सर्वाधिक उच्च स्थानमा पुग्ने पारस एक्लाे खेलाडी हुन ।

नयाँ नेतृत्व क्यानमा आउनु र उनले कप्तानी अचानक रूपमा त्याग्नुले सबैलाइ चकित पारेकाे छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर