विकासमा पार्टी र सरकार जोडिनुपर्छ ः मुख्यमन्त्री 

 

तुलसीपुुर, १६ असोज ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले  विकासमा पार्टी र सरकार जोडिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनप्रतिनिधि र पार्टीबीचको अन्तक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

पार्टीका प्रदेश ईञ्चार्ज समेत रहेका पोखरेलले पार्टीको माथिदेखि तलसम्ममा सरकारका माध्यामबाट पार्टीलाई स्थापित गर्नुपर्ने बताए । पार्टीलाई स्थापीत गर्नकालागि पार्टी र सरकारले भूमिका खेल्नुपर्ने भन्दै जनप्रतिनिधि र पार्टीका बिभिन्न तह र तप्काका ब्यक्तिहरुसंग सहकार्य हुनुपर्ने समेत बताए ।

अहिले नेकपाको दुईतिहाईको सरकार भएकाले सरकारका बिकास निर्माणका कामलाई जनतामाझ लैजानले पार्टीले समेत भूमिका खेल्नुपर्ने बताए ।

नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा  उनले सरकार र पार्टीमा देखिएका समस्या समाधान गर्नकाागि एक भएर लाग्नुपर्ने समेत बताए । साथै उनले सरकारले बिकासका योजनालाई बढि जोड दिने समेत बताए । कम्युनिष्ट सरकारको मूख्य एजेण्डा भएको विकास र समृद्धि भएकाले यही अनुसार सरकार अघि बढिरहेको समेत उनको भनाई थियो ।

त्यस अवसरमा बिशिष्ट अतिथि  नेकपा प्रदेश नं. ५ का सचिब जगप्रसाद शर्मा‘अपार’ले दाङका सबै स्थानीय तहहरुले नमूना कामको निश्चित गर्नुपर्ने बताए । उनले जनतामाझ बिनम्रता पूर्वक आत्मआलोचित भावनाले जानुपर्ने समेत बताए । अहिले सरकारका बिरुद्धमा धेरै षडयन्त्रहरु हुने गरेको भन्दै यसका बिरुद्ध पार्टीका सबै तह र तप्काबाट भण्डाफोर हुन आबश्यक रहेको समेत उनको भनाई छ ।

त्यस्तै पार्टीले उपनिर्वाचनको तयारीलाई पनि तिब्र बनाउनुपर्ने बताए । उनले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ र घोराही उपमहानगरपालिका वडा नं. १६ मा हुन गईरहेको उपनिर्वाचन क्षेत्रमा अभियान चलाउन पनि निर्देशन दिए ।

त्यस अवसरमा नेकपाका दाङका जनप्रतिनिधि, पार्टीका दशवटै स्थानीय तहका अध्यक्षलगायतले भनाई राखेका थिए ।

साथै त्यस अवसरमा पार्टीका कार्यकर्ताहरुले अहिले सरकारले पार्टीसंग समन्वय तथा सहकार्य नगरेको समेत अरोप लगाएका थिए । पार्टीले राखेका मागहरु सम्बोधन गर्न तर्फ सरकारले कुनै चासो नदिएको समेत उनीहरुको दुखेसो थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सचिब सुवास पुनले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर