बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवल, वैशाख ६- बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उहाँको कम्मरमाथि ढाडमा गोली लागेको छ भने उहाँलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।