फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीको आँखाको नानी सफल प्रत्यारोपण

कोहलपुर, वैशाख २ – नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले पछिल्ला दुई वर्षमा दुई सयभन्दा बढी बिरामीको आँखाको नानी ९कार्निया० सफलतापूर्वक प्रत्यारोपण गरेको छ। अस्पतालको कार्निया विभागमा कार्यरत डा। प्रविन राईका अनुसार कार्निया प्रत्यारोपणमार्फत दृष्टि गुमाएका बिरामीहरूलाई पुनः हेर्ने क्षमता प्रदान गरिएको हो।
उनका अनुसार, डोनर अभाव र आँखाको नानी ९कार्निया० भण्डारणको सुविधा स्थानीय तहमा उपलब्ध नभएकाले प्रत्यारोपणका लागि आवश्यक नानी काठमाडौँबाट ल्याउनुपरेको थियो। यद्यपि चुनौतीका बाबजुद पनि अस्पतालले दुई सयभन्दा बढी बिरामीलाई नयाँ दृष्टि दिन सफल भएको उनले जानकारी दिए।
डा। राईका अनुसार, डा। राजशी श्रेष्ठको नेतृत्वमा रहेको कार्निया विभागले रेटिनाको शल्यक्रिया पनि सफलतापूर्वक सञ्चालन गरिरहेको छ। अस्पतालले कार्निया डोनर व्यवस्थापन र भण्डारण सम्बन्धी समस्याबारे सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ।
फत्तेबाल आँखा अस्पतालमा नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट पनि ठूलो संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेका छन्। अस्पतालले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को फागुन मसान्तसम्म ९१ हजार ९३२ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ।
त्यसमध्ये अस्पतालमा ६८ हजार ३१५ जना, सामुदायिक आँखा उपचार केन्द्रहरूमा सात हजार ७६ जना र बाह्य कार्यक्रममार्फत १६ हजार ५४१ जनाको उपचार गरिएको हो। यस अवधिमा अस्पताल र शिविरहरू गरी कुल सात हजार ५२७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
गत आर्थिक वर्ष २०८०र८१ मा भने अस्पतालमार्फत कुल एक लाख ३३ हजार ३३८ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको थियो। सोही वर्ष आठ हजार ६१२ जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको थियो।
नेपाल नेत्र ज्योति संघ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले अस्पतालले उच्चस्तरीय उपचार सेवा दिँदै आएको हुँदा भारतका सीमावर्ती क्षेत्रलगायत देशभरिका बिरामीहरू यहाँ उपचारका लागि आउने गरेको जानकारी दिए।