कोहलपुर चौराहा बन्द आशिंक प्रभाव

कोहलपुर,चैत २६- संयुक्त आन्दोलन परिचालन समितिले कोहलपुर चौराह बन्दको आज विहान सामान्य प्रभाव परेको भएपनि यतिवेला यो समाचार तयार पार्दा सम्म बन्द पुर्णरुपमा खुल्ला रहेको छ । कोहलपुर चौराहमा सवारी साधान आवातजावतमा बन्द गर्ने भन्दै विहान ८ वजे पुगेका बन्दकर्ताहरु मध्य लाल वहादुर ओलि, युवराज शाहि, भरतद्धाज शाह, धु्रव बर्मा, रुद्रमणि न्यौजाने लगाएत कार्यकर्ताहरुलाई स्थानिय प्रहरीले शुरुमै गिरफतार गरि ईलाका प्रहरी कार्यालय पुरयाएको थियो ।

केहिबेर चौराहको मुल सडकमा धर्ना दिंदै गणतन्त्र बिरुद्ध चर्को नारावाजि गरेका संयुक्त आन्दोलन परिचालन समितिका कार्यकर्ताहरुले १० विगाह आसपास टायर बालेर विरोध गरेका थिए भने चप्परगौंरी पुगेर टायर बाल्न प्रयास गरेका आन्दोलनकारीहरुलाई प्रहरीले तितरवितर पारेको थियो ।

काठमाण्डौको तिनकुनेमा भएको प्रर्दशनकाक्रममा पक्राउमा परि थुनामा रहेका आन्दोलनकारीहरुलाई निस्शर्त रिहाको माग समेत संयुक्त आन्दोलन परिचालन समितिले बाँकेले माग गरेको छ ।

जनताको दैनिकि र जिवनयापन सहज होस भन्दै बन्दको समय हेरफेर गरिएको भन्दै राप्रपा नगर अध्यक्ष अर्जुन जंग शाहले भोलिदेखि शान्तिपुर्ण आन्दोलका खाका कोर्ने गरि संयुक्त आन्दोलन परिचालन समितिको बैठक बसिरहेको उल्लेख गरेका छन । हाम्रो माग सरकारसंग छ जनतालाई दुख दिने हाम्रो मनसाय नभएको भन्दै जनभावना अनुरुप बन्दको समय हेरफेर गर्दै ११ वजे सम्म बन्दको कार्यक्रम गरि भोलिको तयारीकालागि समिति बैठकमा जुटेको हो उनले बुलेट न्युजसंगको कुराकानिकाक्रममा भने ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर