कोहलपुरमा राजावादीहरूको बन्द, ६ जना राजावादी प्रहरीले नियन्त्रणमा लियो

कोहलपुर चैत २६- कोहलपुर चौराहमा राजावादीहरुले यातायात बन्द गरिरहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको प्रर्दशन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर बन्द गरेका हुन् । विहानैदेखि ठुलो मात्रामा परिचालन भएको नेपाल प्रहरीले केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको छ ।
राजावादीले सडकमा बसेर यातायात बन्द गरिरहँदा प्रहरीले सडकको छेउमा सडकको छेउमा लैजाने र यातायात खुलाउने प्रयासमा प्रहरी छ । आन्दोलनमा साथ समर्थन गर्दै केही संस्थागत विद्यालयहरु समेत बन्द गरेका छन् ।
राजावादी नागरिक समाज बाँकेको आयोजनामा आज विहान ८ बजेदेखि नै कोहलपुर चौराहमा सवारी साधान आवातजावतमा बन्द गरिरहेका छन् । राजावादी नागरिक समाज बाँकेका संयोजक अर्जुन जंग शाह शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका बताए ।
विहानैदेखि प्रहरीको दमन गरिरहेको छ, हामीले शान्तिपूर्ण बन्द गर्ने भनेका छौं प्रहरी थप आक्रमणको प्रयास गरिरहेको शाहको भनाई थियो ।
कोहलपुर चौराहदेखि उत्तर–दक्षिण र पूर्व–पश्चिम विहान ८ बजेदेखि साँझा ५ बजेसम्म चल्ने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण आवागमन ठप्प पार्ने योजना सहित आन्दोलन गरिरहेका छन् ।
६ जना राजावादी प्रहरीको नियन्त्रणमा
कोहलपुर चौराहमा राजावादीहरुले आन्दोलन गरिरहेका युुवराज शाही सहित ६ जना प्रहरीको नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहमा गत चैत्र १५ गते काठमाण्डौंको तिनकुनेमा भएको प्रर्दशन र आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विषयलाई लिएर बन्द गरिरहेको बेलामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्यको भने नाम संकलन नभएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ताले जनाए ।
विहानैदेखि ठुलो मात्रामा परिचालन भएको नेपाल प्रहरीले केही व्यक्तिहरुलाई प्रकाउ समेत गरिसकेको छ भने सडकको छेउमा लैजाने र यातायात खुलाउने प्रयासमा प्रहरी छ ।