आईपीएल क्रिकेटमा हैदराबाद र गुजरात खेल्दै

काठमाण्डौ चैत २४, – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा खेल हुनेछ ।
हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अङ्कसहित तेश्रो स्थानमा छ । हिजो भएका खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ५० रनले र दिल्ली क्यापिटल्स्ले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हराएको थियो ।