कोहलपुरमा शैक्षिक वातावरणमा सुधारको माग गर्दै एमालेको प्रतिवाद

कोहलपुर,चैत ३- नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोहलपुर नगर कमिटीले शैक्षिक वातावरणमा सुधार ल्याउनको लागि कोहलपुर नगरपालिका द्वारा गरिएका हालका निर्णयहरूको कडा विरोध जनाएका छ । यस सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो विचार सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा, पार्टीका नेता र कोहलपुर नगरपालिका नगर अध्यक्ष कुल बहादुर भट्टराईले आगामी कक्षा १ देखि १० र कक्षा ११ र १२ का विद्यार्थिहरूको एसईई परिक्षा सफलताको शुभकामना व्यक्त गर्दै, शैक्षिक क्षेत्रमा सुधार ल्याउन ध्यान दिनुपर्ने बताएका छन् ।
कोहलपुर नगरपालिका द्वारा कक्षा ८ र १० को परिक्षा मर्यादित बनाउनको नाममा अस्थाई सिसि क्यामेरा जडान र वडा अध्यक्षहरूलाई परिक्षामा खटाउने निर्णय गरिनु ठीक होइन, यसले विद्यार्थीहरूमा अनावश्यक डर र त्रासको भावना उत्पन्न गर्छ, जुन विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने बताइएका छन् ।
हामी विद्यार्थीहरूको अधिकारको रक्षाका लागि लडिरहेका छौं, कोहलपुरलाई शैक्षिक हब बनाउने नाममा गरिएका यस्ता निर्णयहरूले विद्यार्थीलाई डर र त्रासमा पार्ने कार्य गर्दैछन् अध्यक्ष भट्टराईले भने हामी यस्ता कदमहरूको कडा विरोध गर्दछौं र यो पद्धति तत्काल बन्द गर्न माग गर्दछौं ।
परिक्षामा सम्मिलित विद्यार्थीहरूलाई सहज र डरविना परीक्षा दिन पाउनु पर्ने अधिकार छ, यसैले हामी कोहलपुर नगरपालिका र जनप्रतिनिधिहरूसँग अनुरोध गर्दछौं कि परिक्षामा अनावश्यक हस्तक्षेप नगरी, शिक्षक र विद्यार्थीकै मनोबल उच्च राख्ने वातावरण सृजना गर्न सहयोग पुर्याउनुपर्ने बताए ।
एमालेले कोहलपुर नगरपालिका र अन्य सरोकारवालाहरूसँग जनप्रतिनिधिहरूको अनावश्यक हस्तक्षेप र परिक्षामा उत्पन्न गरिएका तिक्तताहरूसँग जुझ्नका लागि कडा कदम चाल्न आग्रह समेत गरेको छ ।