च्याम्पियन्स ट्रफीमा आज अफागानिस्तान र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डौ फागुन ९, – च्याम्पियन्स ट्रफीमा आज अफागानिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको कराचीमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।
पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।