नयाँ नेतृत्वसहित संचारिका समूह बाँकेको कार्यसमिति चयन, अध्यक्ष पवित्रा परियार

कोहलपुर फागुन ४ – संचारिका समूह बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न छैंठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । महिला सशक्तिकरण र सामाजिक सुधारका लागि क्रियाशील यस समूहको आगामी कार्यकाललाई नयाँ जोश र ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
अधिवेशनमा समाजसेवी र महिला अधिकारकर्मीहरूका बीच अन्तरक्रिया कार्यक्रम समेत गरीएको थियो । संचारिका समूहको गतिशील भूमिका र महिलाहरूका हक अधिकारका लागि गरेको योगदानको प्रसंसा गर्दै आगामी योजनाबारे चर्चा गरीएको छ । यस अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले महिला सशक्तिकरणका लागि संस्थागत प्रयास र एकता महत्वपूर्ण रहेको बताएका छन् ।
संचारिका समूह बाँकेको छैंठौं अधिवेशनले यसपटक संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । जसमा पवित्रा परियार, अध्यक्ष, सरला सुवेदी उपाध्यक्ष, आशा परियारलाई महासचिव, अनिता बिश्वकर्मा सचिव र धना केसी कोषाध्यक्षको रूपमा निर्वाचित भएका छन् । समूहका नयाँ कार्यसमिति सदस्यहरूमा रूपमा कल्पना शाही (प्रिया), शिवानी बिक, जनता रैका, बिष्णु डाँगी, सायदा बानो, सन्ध्या गैरे, निशा शाह, स्मृति देवकोटा र प्रमिला बिक, चयन भएका छन् ।
संचारिका समूह बाँकेले महिला सशक्तिकरणका विभिन्न पहलहरूलाई अझ प्रभावकारी र दिगो बनाउने योजनामा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी कार्यकालमा समूहले महिलाहरूसँग सम्बन्धित सामाजिक, शैक्षिक, आर्थिक र सांस्कृतिक क्षेत्रका थप चुनौतीहरूको समाधान गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
नयाँ कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिँदै संचारिका समूह बाँकेले भविष्यमा थप गतिशील, प्रभावकारी र परिवर्तनकारी कार्यहरूको लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । यो नयाँ कार्यसमिति महिला र समाजको विकास र प्रगतिको लागि बलियो आधार बन्ने बिश्वास गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर