चितुवाको आक्रमणबाट बालकको मृत्यु


बर्दिया फागुन ४- गए राती घरको आँगनमा खेली रहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ ।

साँझ करिब ८ बजे आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर