कारागार कार्यालय एवम् बाल सुधार गुहमा पुस्तक हस्तान्तरण


कोहलपुर माघ २२– “निरन्तर शिक्षका लागि पुस्तकाय” भन्ने नारा बोकेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेले नौवस्तामा अवस्थित कारागार कार्यालय एवम् बाल सुधार गुहलाई पुस्तक हस्तान्तरण गरेको छ । कारागारका कैदीबन्दिलाई समय बिताउन सहज होस् भन्ने उदेश्यले करिब २ हजार भन्दा बढि पस्तक हस्तान्तरण गरीएको हो ।
उक्त अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पुस्तक अध्ययनबाट कैदिबन्दिहरूलाई सकरात्मक सोच आउने विश्वास लिएको बताएका छन् । बन्दि जीवन बिताई रहेका कैदीहरूले पुस्तक अध्ययनबाट पछि गएर सकरात्मक सोचका साथ समाजमा गएर असल कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउँदै, हरेक पुस्तकबाट नै प्राप्त हुने भएकोले यो समयसान्दर्भिक छ । आगामी हिउँदे अधिवेशनबाट बाल सुधार गुहलाई व्यवस्थापन गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले कारागारमा रहेका कैदीहरू एक निश्चित अवधिको लागि सीमित स्थानमा रहन्छन् । यस अवधिमा उनीहरूको मानसिक विकास र समयको सदुपयोग निकै महत्वपूर्ण हुन्छ । पुस्तकहरूले उनीहरूको सोचमा नयाँ दिशा दिन सक्ने जोड दिए ।
राज्यले बैदिबन्दिलाई कुनै पनि सिप दिएको छैन, भन्दै उनिहरुलाई समयको सदुपयोग र सहजतका लागि पुस्तक संकलन गरी हस्तान्तरण गरीएको बताए । देशको नमुना काकागार बनाउनको लागि सबैको भूमिका महत्वपूर्ण रहेने बताए ।

कारागार कार्यालय एवम् बाल सुधार गुहका प्रमुख काँसी प्रसाद पंगेनीले पुस्तक ग्रहण गर्दै , “पुस्तक अध्ययनले समयको सदुपयोग मात्र गर्दैन, यसले कैदीहरूको मानसिकता परिवर्तन गर्ने र उनीहरूलाई सकारात्मक सोच दिन सक्छ ।
उनले भने “कारागार प्रशासनको उद्देश्य भनेको केवल दण्ड दिनु मात्र होइन, कैदीहरूको सुधार र पुनःसमाजिकरण गर्नु हो,” पुस्तकहरूले यस प्रक्रिया सजिलो बनाउने छ ।
उक्त पुस्तकहरु रेखा काफ्ले पौडेल, महानन्द ढकाल, भरत बहादुर रानाभाट, शिवलाल पाण्डे, रियस ठकुरी, लोकेन्द्र आकार,गंगाधार पनेरु, प्रदिप थापा, सिएम उपाध्याय, विरेन्द्र जैशी, उत्तम ढकाल, नरेन्द्र थापा, प्रतिक गैरे,केशवराज रिजाल, हरि पोखरेल, विष्णु पोखरेल, रेशम अधिकारी दिपक अर्याल, विष्णु कडेल, दुर्गा कुमारी खड्का वासुदेव उपाध्याय लागायतका दाताले हस्तान्तरण गरेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर