गएको वर्ष चीनमा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना


एजेन्सी माघ ९, -चीनले गएको वर्ष सन् २०२४ मा एक करोड २५ लाख नयाँ शहरी रोजगारी सिर्जना गरेको त्यहाँको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर ५ दशमलव १ प्रतिशत थियो, यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव एक प्रतिशतले कम हो ।

रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

चीनले सन् २०२४ को अन्त्यसम्म तीन करोड ३० लाखभन्दा बढी मानिसलाई रोजगारी दिएको थियो । गएको वर्षको अन्त्यसम्ममा चीनमा डिजिटलसहित सामाजिक सुरक्षा कार्ड लिनेको सङ्ख्या झन्डै एक अर्ब ३९ करोड रहेको खबरमा उल्लेख छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर