भूकम्प प्रतिरोधी संरचनासँगै नागरिकमा सचेतना

दाङ माघ २ – २७ औं भूकम्प दिवसका अवसरमा दाङको घोराहीमा आयोजित एक कार्यक्रमले भूकम्प प्रतिरोधी संरचना निर्माणको महत्त्व र नागरिकमा सचेतना फैलाउनको लागि थप प्रयास गर्नुपर्ने आह्वान गरेको छ। भूकम्पीय जोखिमलाई कम गर्न र सुरक्षित संरचना निर्माणका लागि नागरिकमा सचेतना र भवन निर्माणको निगरानी अत्यन्त आवश्यक रहेको वक्ताहरूले भने।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको कुरा ध्यानमा राख्दै, विगतका भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण गर्न सबैलाई आग्रह गरे। उनले भने, ूआवास सुरक्षित भए भने सवै कुरा सुरक्षित राख्न सकिन्छ,ू र नागरिकलाई राष्ट्रिय भवन निर्माण आचारसंहिता पालना गर्दै घर निर्माण गर्न जोड दिनुभयो।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङका प्रमुख प्रवीण शाहले भूकम्पबाट सुरक्षित रहनका लागि सुदृढ पूर्व तयारीको महत्त्वलाई जोड दिँदै, ूअहिले खर्च कम गर्नका कारण भूकम्प प्रतिरोधी घर नबनाउँदा पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ,ू भन्दै नागरिकलाई समयमै भूकम्प प्रतिरोधी घर निर्माण गर्न सचेत गराए।

कार्यक्रममा घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले घोराहीमा १०,००० भन्दा बढी भूकम्प प्रतिरोधी घर निर्माण भएको जानकारी दिए। उनले भने, ूघोराहीमा भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता अनिवार्य गरिएको छ,ू र यस प्रक्रियालाई सबैले अपनाउन आवश्यक रहेको बताए।

कार्यक्रममा विभिन्न वक्ताहरूले भूकम्पको जोखिमबाट बच्नका लागि नागरिकमा व्यापक जनचेतना अभिवृद्धि गर्ने, विगतका प्रयासहरूको मूल्याङ्कन गर्दै कडाइका साथ भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न जोड दिनुपर्ने बताएका थिए।

कार्यक्रमको एक हिस्सा भएको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका कर्मचारी र स्थानीय नागरिकले सहभागिता जनाएका थिए। यसले ूभूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथू भन्ने नारासहित जनमानसमा भूकम्पको सम्भावित जोखिमबाट बच्नका लागि थप जागरूकता फैलाउने लक्ष्य राखेको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर