चिसो बढेपछि जनजीवन प्रभावित

कोहलपुर माघ २, पश्चिम तराईको बाँके जिल्लामा माघ महिनाको सुरुवातसँगै चिसोको लहर बढेको छ, जसले यस क्षेत्रको जनजीवनमा कठिनाइ उत्पन्न गरेको छ। नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुर जस्ता प्रमुख स्थानहरूमा बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसोको असर देखिएको छ । विशेष गरी शहरी क्षेत्रहरूमा चहलपहल घटेको र सडकमा सवारीसाधनको संख्यामा कमी आएको पाइन्छ ।

नेपालगञ्जका स्थानीय नागरिक रामसुहावन यादवका अनुसार, चिसोको कारण यहाँका नागरिकहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । उनलाई भनाइ अनुसार, शीतलहरको कारण बिहान दुई घण्टासम्म चिसो थप कष्टकर बनेको छ। यसले गर्दा बजार तथा अन्य व्यस्त स्थानहरूमा चहलपहल घटेको छ ।

चिसोका कारण ज्यालादारी मजदुरहरू विशेष गरी समस्यामा परेका छन्। उनीहरूको दैनिक कार्यमा असुविधा उत्पन्न भएको छ, र केही दिनसम्म यस्तै चिसोले बस्ने हो भने उनीहरूको जीवन धान्न मुस्किल पर्ने अवस्था आउन सक्छ । बाँके डुडुवा गाउँपालिका(४ का मजदुर रामदिन गोडियाले बताए अनुसार, चिसोले गर्दा काममा जान नपाएपछि परिवारको पालन पोषणमा कठिनाई भएको छ ।

साथै, चिसोका कारण स्वास्थ्यमा पनि नकरात्मक असर देखिएको छ। भेरी अस्पतालका सूचना अधिकारी डा। सङ्केत रिसालका अनुसार, चिसोका कारण दम, निमोनिया, रुघाखोकी र ज्वरोलगायतका रोगहरू फैलिएका छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा, र दीर्घरोगीहरूको स्वास्थ्यमा समस्याहरू देखिएका छन् ।

यस समस्याबाट विशेष गरी गरीब, असहाय, र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । चिसोका कारण विभिन्न स्थानमा आगो बालेर न्यानो लिनका लागि नागरिक प्रयासरत छन् । यस बीचमा, स्वास्थ्य क्षेत्रले चिसोबाट बच्नका लागि सावधानी अपनाउन र समयमै उपचार गराउन सन्देश दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर