सीमा अपराध र तस्करी पूर्णरूपमा नियन्त्रण गर्नु : गृहमन्त्री रमेश लेखक

लुम्बिनी पुष २- गृहमन्त्री रमेश लेखकले सीमा अपराध र तस्करीलाई पूर्णरूपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन्। लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा अपराध, चोरी र तस्करी नियन्त्रणमा कुनै बहानाबाजीलाई स्वीकार्य नहुने बताएका छन्।

गृहमन्त्री लेखकले सरकारको दाबी गर्दै वर्तमान गठबन्धन २०८४ को चुनावसम्म स्थिर रहने बताउनुभयो। संविधानको रक्षा र कार्यान्वयनको महत्त्व औंल्याउँदै उनले शान्ति र सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।

लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता विभिन्न समस्याहरूको उल्लेख गर्दै गृहमन्त्रीले कानूनी शासन र भीडको प्रभावबाट बच्न आग्रह गरे। लुम्बिनी प्रदेशको सुरक्षा व्यवस्था बलियो र भरपर्दो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो, विशेष गरेर बुद्ध जन्मस्थलको कारण यहाँ धार्मिक पर्यटकहरूको आगमन हुन्छ र यसलाई सुरक्षित राख्नु आवश्यक छ।

यस गोष्ठीमा लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरू र तीनवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर