२१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

काठमाडौँ, मंसिर २० – ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ।

यो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा मनाइन्छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई २०४५ सालदेखि मातृ, शिशु र परिवार योजना कार्यक्रम जनताको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो। सरकारले हरेक वडामा कम्तीमा एक जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत हुनु पर्ने व्यवस्था गरेको छ।

स्वयंसेविकाहरूले परिवार नियोजनको बारेमा जनचेतना, अस्थायी साधन वितरण, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन र स्वास्थ्य शिक्षा प्रदानजस्ता कार्य गर्दै आएका छन्।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले विशेष रूपमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य, प्रजनन स्वास्थ्य र परिवार योजनासम्बन्धी जनचेतना अभिवृद्धि र सेवा प्रवाह गर्दै समुदायमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यसका माध्यमबाट उनीहरूले जनस्वास्थ्यको पहुँचमा वृद्धि गराउँदै मातृ र शिशु मृत्यु दरमा कमी ल्याउन योगदान पुर्‍याएका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर