सुडानमा आरएसएफको आक्रमणमा २० नागरिकको मृत्यु, अन्तर्राष्ट्रिय छानबिनको आह्वान
एजेन्सी मंसिर २०- सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा गरिएको आक्रमणमा २० जना निहत्था नागरिकको ज्यान गएको छ। डार्फर क्षेत्रका गभर्नर मिन्नी मिनावीका अनुसार, आरएसएफले अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका छन्। उनले हिजोको आक्रमणलाई पूर्णरुपमा आपराधिक कार्य भन्दै यसबारे अन्तर्राष्ट्रिय समुदायलाई छानबिन गर्न आग्रह गरेका छन्।
मिनावीले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार संस्थाहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउनका लागि अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउनको लागि आह्वान गरेका छन्। यस घटनामा आरएसएफले भने कुनै टिप्पणी गरेको छैन।
सुडानमा गत वर्षको अप्रिलदेखि सशस्त्र बल (एसएएफ) र आरएसएफ बीचको द्वन्द्व जारी छ। यस संघर्षमा २७,००० भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ र १४ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।