एमालेद्वारा प्रदेशसभा सदस्य दुर्गा थारुलाई निलम्बन

बाँके, मङ्सिर ११ गते। नेकपा (एमाले) ले पार्टी अनुशासनको उल्लंघन गरेको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा थारुलाई पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय नेतृत्वका अधिकारीहरू, महासचिव, र अध्यक्षको मानहानि गर्ने उद्देश्यले सार्वजनिक रूपमा पार्टीका मूल्य र मान्यताका विपरीत टिप्पणी गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताको विरोध गर्ने जस्ता क्रियाकलापहरू निरन्तर जारी राखेका कारण पार्टीले निलम्बनको कदम उठाएको हो। पार्टी विधानको धारा ८(३) र (४) अनुरुप थारुलाई स्पष्टीकरण सोधिएको थियो, तर उनले पार्टीको विरुद्धमा लिखित जवाफ दिएपछि पार्टीले अनुशासनको कारबाही गर्यो।

जिल्ला अध्यक्ष निरक गुरुङका अनुसार, “पार्टीका विरुद्धमा गतिविधिहरू जारी राखेपछि यो कदम उठाउनु परेको हो।”

थारु नेकपा (एमाले) को तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए र उनले बाँके क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यको जिम्मेवारी सम्हाल्नुका साथै, वन तथा वातावरण मन्त्रीको भूमिका निभाएका थिए।

पूर्व माओवादी सेनामा रहेका दुर्गा थारु नेकपा विभाजनपछि एमालेमा सामेल भएका थिए र प्रदेश कमिटीको उपसचिवको जिम्मेवारी समेत राखेका थिए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर