स्वीस राजदूत डानियल मेउल्ली मोन्टेलो र मुख्यमन्त्री आचार्यको भेटमा लुम्बिनी प्रदेशको समृद्धिमा सहयोगको चर्चा

लुम्बिनी मङ्सिर ७ गते – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोले भेटवार्ता गरेका छन्। यो भेटवार्ता राप्ती उपत्यका देउखुरीमा भएको हो, जहाँ स्विस सरकारले लुम्बिनी प्रदेशको विकासमा गरेको सहयोग र भविष्यका योजनाहरूमा छलफल भएको थियो।

मुख्यमन्त्री आचार्यले प्रदेशको आत्मनिर्भरता सुनिश्चित गर्नका लागि दातृ निकायहरूको साथ र सहयोगको आवश्यकता औंल्याए। विशेष गरी पूर्वाधार, सामाजिक क्षेत्र र मानसिक स्वास्थ्य जस्ता संवेदनशील समस्यामा स्विस सरकारको निरन्तर सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

स्वीस राजदूत मोन्टेलोले प्रदेश सरकारको मानसिक स्वास्थ्य र मनोसामाजिक सेवामा गरेको पहलको सराहना गर्दै आगामी दिनमा उक्त कार्यक्रमलाई लुम्बिनी प्रदेशका अन्य जिल्लासम्म विस्तार गर्ने तयारीमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

यस भेटमा, स्वीस राजदूतसँगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बाँस्कोटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महत, र प्रादेशिक संयोजक हिमाल गैरे सहितको टोली पनि उपस्थित थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर