लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सयभन्दा बढी बालबालिकाको ज्यान गयो

एजेन्सी मंसिर ५, – लेबनानमा इजरायलले हिजबुल्लाहलाई लक्षित गरी गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा २०० भन्दा बढी बालबालिकाको ज्यान गएको छ। संयुक्त राष्ट्रसङ्घले त्यहाँ बालबालिकाको अवस्था निकै चिन्ताजनक रहेको जनाएको छ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले आक्रमण तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, “बालबालिकाको सुरक्षा र भलाईका लागि यो युद्ध रोक्न अनिवार्य छ।”

पछिल्लो दुई महिनामा लेबनानमा हरेक दिन औसतमा तीन बालबालिकाले ज्यान गुमाइरहेका छन्, र एक हजारभन्दा बढी बालबालिका घाइते भएका छन्। युनीसेफका अनुसार, युद्धका कारण लाखौँ बालबालिका घरबारविहीन भएका छन् र उनीहरू आधारभूत पूर्वाधार तथा स्वास्थ्य सेवाबाट वञ्चित छन्।

युद्धले बालबालिकालाई गम्भीर असर पुर्याएको र तिनीहरूको भविष्य संकटमा परेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर