लुम्बिनी प्रदेश सरकारको आर्थिक विकासका लागि लगानी
लुम्बिनी मङ्सिर ४ – लुम्बिनी प्रदेश सरकारले प्रदेशको आर्थिक विकासमा गति दिनका लागि विभिन्न महत्त्वपूर्ण आयोजनामा लगानी भित्र्याउने तयारी थालेको छ। प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दातृ निकाय र निजी क्षेत्रसँगको सहकार्यमा यी आयोजनाहरू अघि बढाउने उद्देश्य राख्दै ब्रिटिश एम्बेसीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री आचार्यले मङ्गलबार राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा लगानीका अवसरहरू र योजनाहरूमा साझेदारीको महत्त्वमा जोड दिँदै भने, “प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने कार्यमा पहल गरिरहेको छ। हामी यहाँ ढुक्क भएर काम गर्नका लागि सघन वातावरण तयार गर्दैछौं ।
प्रदेशको राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरू अघि बढाउन, र शिवपुरदेखि कालाकाटे सम्मको सुरुङ मार्गको परियोजना लगायतका विभिन्न योजना आर्थिक विकासका प्राथमिक क्षेत्रका रूपमा प्रस्तुत गरिएका छन्। मुख्यमन्त्री आचार्यले इन योजनाहरूको लागि लगानी जुटाउन दातृ निकाय र निजी क्षेत्रसँग सहकार्यको महत्त्वमा जोड दिँदै भने, “हामीसँग प्रशस्त बजेट छैन, तर निजी क्षेत्र र दातृ निकायको सहकार्यमा यी महत्त्वपूर्ण आयोजनाहरूलाई अघि बढाउन सक्छौं ।
त्यस्तै, प्रदेश सरकारले लुम्बिनीको राजधानी शहर निर्माण, बौद्ध सर्किटमा मोनोरेल सञ्चालन, र कृषि तथा पर्यटन क्षेत्रमा सघन परियोजनाहरूको योजना बनाएको जानकारी पनि दिइएको छ। शिवपुर र कालाकाटे बीचको सुरुङ मार्गको प्रारम्भिक सर्वेक्षणले ७ किलोमिटरको मार्ग छोट्याएर १८ किलोमिटर दूरी कम हुने र राजधानीसँग पहुँचलाई सहज बनाउने देखाएको छ ।
“यी आयोजना सफल भएमा प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ र यी घाटामा नभइ नाफा ल्याउने योजनाहरू हुनेछन्,” मुख्यमन्त्री आचार्यले थपे ।
प्रदेश सरकारले लुम्बिनी प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने तयारी पनि गरेको छ र लगानी बोर्डसँग निरन्तर छलफल गर्दै छ। साथसाथै, दोस्रो आवधिक योजनामा दिगो विकासका लक्ष्यहरू समावेश गर्दै प्राथमिकताका आधारमा कृषि र पर्यटन क्षेत्रलाई अघि बढाउने तयारी गरिएको छ ।
यस छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, सचिव ईश्वरराज पौडेल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत लगायतका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।