मानव बेचबिखनविरुद्ध मिडियाको भूमिका
कोहलपुर कार्तिक २७ – मानव बेचबिखनविरुद्धमा मिडियाको प्रभावकारी भूमिकाको विषयमा ईनट्याक्टको आर्थिक सहयोगमा आईइनएफ बाँके द्वारा आयोजित मिडिया साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
मिडिया र विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमार्फत मानव बेचबिखनको रोकथाम, सचेतना वृद्धि, कानूनी सहायता उपलब्ध गराउने, र आवश्यक जानकारी र तथ्यांकको संकलन तथा विश्लेषणमा मद्दत पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । उक्त कार्यक्रमले मिडिया र अन्य सरोकारवाला संस्थाहरूलाई एकअर्कासँग सहकार्य गर्दै नीति कार्यान्वयनको लागि मिलेर काम गर्ने प्रेरणा दिनका लागि आयोजन गरिएको हो ।
आइएनएफ बाँकेका सुपरभाईजर हस्त विकले “मानव बेचबिखनलाई रोक्न र यसका जोखिमहरूको बारेमा समाजमा सचेतना ल्याउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले भने, हामी यस कार्यक्रममा मिडियाका प्रतिनिधिहरूसँग सँगै विभिन्न रणनीतिहरू, उपायहरू र समधानको विषयमा छलफल गर्दै जटिल र संवेदनशील समस्याको समाधान खोज्ने प्रयास गरीने बताए ।
मिडियालाई एक सशक्त साझेदारको रूपमा प्रस्तुत गर्ने र यसको माध्यमबाट सूचना प्रवाह र कानूनी उपचारहरूका बारेमा समुदायमा पुर्याउनको मिडियाको अहम भूमिका रहने भन्दै,‘हामी विश्वास गर्दछौं कि मिडिया र नागरिक समाजको सहकार्यले मानव बेचबिखनका पीडितहरूको संरक्षण र यसका जोखिमहरूको न्यूनिकरण गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रमका आयोजक आईइनएफ बाँकेका अनुसार, “यस प्रकारका साझेदारी कार्यक्रमहरूले मिडियाका प्रस्तुतिहरूलाई मात्र सुधार्ने होइन, यसका माध्यमबाट जनतालाई थाहा नपाएका वास्तविकता र कानूनी विकल्पहरूको बारेमा पनि सचेत बनाउँछ ।
आईइनएफ बाँकेको प्रतिनिधिहरूले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मिडियासँग निरन्तर सहकार्य र विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजना गर्ने योजना रहेको छ ।
आईएनएफ बाँके, मिडियाले समुदायका प्रतिनिधिहरूसँग भविष्यमा थप साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे, जसले मानव बेचबिखनको विरुद्ध लडाइँलाई अझ प्रभावकारी र दीगो बनाउने लक्ष्य लिईएको छ ।