कर्णालीमा ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पताल विहीन

सुर्खेत कात्तिक ६, – कर्णाली प्रदेशका ४८ वटा पालिकामा आधारभूत अस्पताल नभएको प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । १० जिल्लाका ७९ वटा पालिका मध्य ३१ वटा पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा रहेका निर्देशनायलका सूचना अधिकारी नवराज कंडेलले जानकारी दिनुभयो । आठ वटा पालिका रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् ।

डोल्पाको कुनै पनि पालिकामा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । यस्तै हुम्लाको सातमध्ये कुनै पनि पालिकामा आधारभुत अस्पताल छैन । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । मुगुका चारवटा पालिकामा आधारभुत अस्पताल छैन । २१ वटा प्राथमिक अस्पताल रहेको कर्णालीमा तीन सय ३० वटा स्वास्थ्य चौकी छन् । सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको निर्देशनालयले जनाएको छ । कर्णालीमा सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने प्रयास गरिरहेको बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर