नेपाल तेक्वान्दो संघ बाँकेको ७ औं साधारण सभा


कोहलपुर कार्तिक ३– “खेलकुदले मात्र मानव जीवनलाई स्वस्थ र समृद्ध बनाउन सक्छ, त्यसैले यो क्षेत्रमा हामी सबैको संलग्नता अनिवार्य रहेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापाले बताउनु भएको छ । नेपाल तेक्वान्दो संघ बाँकेले ७ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । खेलकुद क्षेत्रमा आग्रह र पूर्वाग्रहबिना काम गर्नुपर्ने महत्त्वलाई औंल्याउँदै बाँके जिल्लामा तेक्वान्दो खेलको विकासमा योगदान दिनका लागि खेलाडी, प्रशिक्षक र निर्णायकहरूलाई अनुशासन र जिम्मेवारीका साथ अघि थापाले सुझाव दिएका छन् । साधारण सभामा तेक्वान्दोको विकास र भविष्यका सम्भावनाहरूमा गम्भीर छलफल भएको थियो ।


संघका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको थियो । अध्यक्ष लामिछानेले तेक्वान्दोको उर्जा शक्तिलाई एकीकृत गरेर खेलकुदलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाँके जिल्लामा खेलाडीहरूको आकर्षण बढिरहेको र यसले तेक्वान्दो खेलको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष महेश थापाले बाँके जिल्लाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दोमा उत्कृष्ट योगदान पुर्याएको चर्चा गर्दै खेलाडीहरूलाई प्रेरणा प्रदान गर्नुभयो। उहाँले आगामी दिनमा खेलाडीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमको दौरान विभिन्न खेलाडीहरूलाई सम्मानित गरिएको थियो। विशेष रूपमा, १४ औं राष्ट्रपति खेलमा ५२ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरेकी ज्ञानिता कुलाल र ५५ केजी तौल समूहमा तेस्रो स्थान हासिल गरेका सुवर्ण सिग्देललाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै मायाको चिनो पनि प्रदान गरियो, जसले उनीहरूको मेहनत र उपलब्धिलाई मान्यता दिन्छ ।


साधारण सभामा संघका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए। सचिव जङ्गबिर चौधरीले साङ्गठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष अमृत सिग्देल, कोषाध्यक्ष तिर्थ बहादुर शाहि र सह–सचिव गोकर्ण बहादुर शाहि लगायतका पदाधिकारीहरूको सक्रियता कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण साबित भएको थियो ।


नेपाल तेक्वान्दो संघले खेलकुद क्षेत्रमा अनुशासन र गतिशीलताको मुख्य उद्देश्य राख्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन प्रयासरत छ। यस संघको सक्रियता र समर्पणले बाँके जिल्लामा तेक्वान्दोको विकासमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रमले खेलकुदको प्रगति र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यस कार्यक्रमले बाँके जिल्लामा तेक्वान्दोको भविष्य उज्ज्वल बनाउन र खेलाडीहरूलाई प्रेरित गर्न महत्त्वपूर्ण योगदान गर्नेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर