लोकतान्त्रिक समूहलाई विजयी बनाउन ५ राजनीतिक दल सहित पूर्व पदाधिकारीद्वारा संयुक्त अपिल


कोहलपुर १, कार्तिक – यही कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहलाई विजयी बनाउन पाँच राजनीतिक दल सहित संघका पूर्व पदाधिकारीहरुले संयुक्त रुपमा अपिल गरेका छन् ।
नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहित संघका पूर्व अध्यक्ष चिन्तामणी धिताल, निवर्तमान अध्यक्ष चक्र बहादुर अधिकारी एवम् निवर्तमान महासचिव तेज प्रसाद अधिकारीले संयुक्त रुपमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन अपिल गरेका हुन् । “कोहलपुर नगर क्षेत्रमा रहनुभएका उद्योगी–व्यवसायी दाजु–भाई, दिदी वहिनी, समाजसेवी, बुद्विजिवी तथा प्रबुद्व व्यक्तिहरु, यही कार्तिक ३ गते हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रदिप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूहका सम्पूर्ण उमेद्वारहरुलाई अत्यधिक मतका साथ विजयी गराउनहुन हार्दिक अपिल गर्दछौ ।” संयुक्त रुपमा हस्ताक्षरित अपिलमा भनिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर