उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताहरूको उत्साहः योग्य उम्मेदवार चयनको प्रतिबद्धता


कोहलपुर, असोज २९ – आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय व्यवसायीहरूको ध्यान खिंचिरहेको छ । यस पटकको निर्वाचनमा उम्मेदवारहरू भन्दा बढी मतदाता उत्साहित देखिएका छन् । चुनावी प्रक्रियामा सहभागिता जनाउन लोकतान्त्रिका व्यवसायी समुहले मतदाता शिक्षा अभियानलाई पनि तिब्रता दिएको छ । जसले मतदाताहरूसम्म निर्वाचनका विविध पक्षहरूको जानकारी पुर्याएको छ ।
मंगलबार कोहलपुर नगरपालिका वडा नं. ८, ९ र १० मा सञ्चालन गरिएको यस अभियानमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले विशेष भूमिका निभाएको छ । अभियानका दौरान मतदाताहरूलाई आफ्नो मताधिकारको महत्व बुझाउन र सही निर्णय गर्न प्रेरित गरिएको छ ।


यस अभियानले निर्वाचनको विषयमा व्यापक उत्साह थपेको मतदाताह्ररुले प्रतिक्रिया दिएका छन् । मतदाताहरूले मतदानलाई आफ्नो जिम्मेवारीको रूपमा लिएका छन् र यसले आगामी निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाको अपेक्षा गराएको छ ।यसैबिच कोहलपुर नगरपालिका वडा नम्बर १० का व्यवसायी सरद आचार्यले हाम्रो मत प्रयोग गरेर योग्य उम्मेदवारलाई चयन गर्नुपर्ने बताएका छन् । व्यवसायीहरूलाई उज्यालो भविष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ उनले भने,“हामी सबैले मत दिनु महत्त्वपूर्ण छ, किनकी यो लोकतन्त्रको आधार हो,” हाम्रो निर्णयले भविष्यको नेतृत्वलाई निर्धारण गर्नेछ ।


उक्त अभियानका अन्य सहभागी, कोहलपुर नगरपालिका वडा नम्बर १० विद्युत रोडका व्यवसायी पृथ्वी राज ढकालले भने निर्वाचनमा हामीले ध्यान दिनुपर्ने कुरा भनेको सही उम्मेदवारको चयन गर्नु हो । यस अभियानले हामीलाई सही जानकारी दिएको छ, जसले हाम्रो निर्णयलाई सजिलो बनाएको उनले बताए ।
यसरी, कोहलपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनले मतदाताहरूमा जागरूकता र उत्साहको एक नयाँ स्तरमा पुर्याएको छ । अबको केही दिनमा, निर्वाचनको नतिजा मात्र होइन, यसले स्थानीय व्यवसायको भविष्यमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनार चुनावी मैदानमा होमिएका छन् ।


लोकतान्त्रिक समावेशी समुहको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, यसै गरी राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर