मृतक कामीको टाउको फेला


कोहलपुर असोज २८,- वडा दशैंको दशमीको राति टाउको काटिएको अवस्थामा फेला परेका चन्द्र वहादुर कामिको टाउको आज (सोमबार) फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलवाट करिवन ५ सय मिटर पुर्व उत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङकिमा मृतकको टाउको फेला परेको हो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको वहिनी नाता पर्ने सुनिता परियारको घरको पाईखानाको सेफ्टी ट्याङकीमा उक्त मृतकको टाउको फेला परेको अनुसन्धानको कमाण्ड सम्हालेका ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक हरी भट्टराईले न्युज मानसरोवरलाई वताएका छन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर