कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा बढ्यो चर्चा


कोहलपुर, असोज २१– आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनले स्थानीय व्यापारिक क्षेत्रमा निकै चर्चा पाएको छ । यस पटकको निर्वाचनमा विभिन्न दावेदारहरू चुनावी मैदानमा उत्रिएका छन् । तर, विशेषगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रचारप्रसारले निकै चर्चा पाएको छ ।


यो समूहले आफ्ना उम्मेदवारहरूलाई विभिन्न वडामा पु¥याएर पसल दैलो अभियान सञ्चालन गरिरहेको छ । उनीहरूले उद्योगी व्यवसायीका समस्यालाई आफ्नो प्राथमिकतामा राख्दै समाधानका लागि प्रतिबद्ध रहेको बताउँदै आएका छन् । समूहले संघलाई सबैको साझा थलो बनाउने र पारदर्शी ढंगले सञ्चालन गर्ने वाचा समेत गरेका छन् ।


कोहलपुरका उद्योगी व्यवसायीहरू यस पटकको निर्वाचनबाट के अपेक्षा गर्छन् ? उनीहरूको मुख्य चिन्ता भनेको उद्योग वाणिज्य संघले उनीहरूका समस्यालाई सम्बोधन गर्ने हो कि होइन भन्ने नै हो । उनीहरूले संघबाट आफ्नो व्यापार व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सहयोगको अपेक्षा उम्मेदवारसंग राखेका छन् ।


सफलताको शुभकामना दिदै कोहलपुरका व्यापारिहरूले भने“हामीलाई एउटा त्यस्तो नेतृत्व चाहिन्छ जसले हाम्रा समस्यालाई बुझोस् र समाधानका लागि काम गरोस्, हाम्रो संघले हामीलाई विभिन्न सरकारी निकायसँग समन्वय गर्न सहयोग गर्न आशा राखेको बताएका छन् ।
यस पटकको निर्वाचनमा कसले जित हासिल गर्ने भन्ने कुरा निकै रोचक हुनेछ । लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रचारप्रसारले राम्रो प्रभाव पारेको भए पनि अन्य दावेदारहरू पनि कमजोर छैनन् । अन्तिममा कसले जित्छ भन्ने कुरा मतदाताहरूको निर्णयमा भर पर्नेछ । कोहलपुर उद्योग बाणिज्य संघको यस पटकको निर्वाचनले स्थानीय व्यापारिक क्षेत्रको भविष्यलाई प्रभाव पार्ने भएकाले यसलाई निकै महत्वका साथ हेरिएको छ ।


यसैगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् भने उनको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर