लोकतान्त्रिक समावेशी प्यानलको चुनावी अभियान


कोहलपुर असोज २९– कोहलपुर उद्योग बाणिज्य संघको आगामी कार्तिक ३ गते हुने निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायीहरूको प्रचारप्रसारले नयाँ आयाम लिएको छ । यस अभियानले कोहलपुरको व्यापारिक क्षेत्रमा नयाँ ऊर्जा थपेको छ । अध्यक्ष पदका उम्मेदवार प्रदिप प्रदिप भट्टराईले हामी व्यवसायीहरूको आवाजलाई संस्थागत रूपमा उठान गर्न र कोहलपुरको व्यापारिक विकासमा नयाँ अध्याय थप्न प्रतिबद्ध रहेको बताएका छन् ।


हाम्रो अभियानले सबै प्रकारका व्यवसायीहरूलाई समेट्ने लक्ष्य राखेको बताउदै,“हामी लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध छौं,” कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।
पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका अध्यक्ष पदका उम्मेदवार भट्टराईले भने संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने उनको भनाई रहेको छ । आफु निर्वाचन भएर आईसको पछि संघलाई व्यवसायीहरूको हितमा काम गर्ने प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कोहलपुरको व्यापारिक विकासलाई नयाँ उचाइमा पु¥याउन लोकतान्त्रिक समावेशी व्यवसायीहरू यति बेला प्रचार प्रसारमा होमिएका छन् ।
पूर्वाधार विकास, व्यापार प्रवर्द्धन, रोजगारी सृजना र व्यवसायीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने भन्दै उनिहरूले कोहलपुरलाई एक आधुनिक र प्रतिस्पर्धी व्यापारिक केन्द्र बनाउने लक्ष्य राखेका छन् ।
यसैबिच कोहलपुर नगरपालिका वडा नं. ११ स्थित एनटिभि रोड, दशबिगाह, पुरानो बसपार्कमा व्यापक प्रचारप्रसार गरेका छन् ।
प्रचारप्रसारका क्रममा व्यवसायीहरूले लोकतान्त्रिक समावेशी प्यानलका उम्मेदवारहरूलाई समर्थन जनाएका छन् । उनीहरूले यस प्यानलले कोहलपुरको व्यापारिक क्षेत्रको विकासका लागि नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । प्रचारप्रसार कार्यक्रममा व्यवसायीहरूले यस प्यानलले सबै प्रकारका व्यवसायीहरूको हितलाई ध्यानमा राखेर काम गर्नेछ भन्ने विश्वास लिएका छन् ।


यसैगरी भट्टराईको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारी महासचिव, भूमिराज कडेल कोषाध्यक्ष, र उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।
लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर