द ब्युटी बल्ड मेकअप पार्लर एण्ड ट्रनिङ सेन्टरको बाँकेमा सेवा विस्तारः महिला सशक्तिकरणको नयाँ युग
कोहलपुुर बाँके असोज १३– द ब्युटी वल्ड मेकअप पार्लर एण्ड ट्रनिङ सेन्टरले बाँके जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । ४० जिल्लामा आफ्नो सेवा विस्तार गरेको यस संस्थाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलमा अवस्थित परि ब्यूटी पार्लरसँग ३ वर्षको सम्झौता गरेको छ । संस्थाले स्थानीय महिलाहरूलाई व्युटी सेक्टरमा सिप प्रदान गर्ने र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्य लिएर आफ्नो सेवा विस्तार गरेको हो ।
संस्थाका संस्थापक वत्सल भटराईले आज आयोजित विशेष कार्यक्रममा यहाँका विपन्न नागरीकहरुको लागि नयाँ अवसर भएको भन्दै,“हाम्रो प्राथमिक लक्ष्य महिला दिदिबहिनीहरूलाई सिप प्रदान गर्नु हो, जसले उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्नेछ । झापा, मोरङ, सुनसरी, काठमाण्डौं, भक्तपुर र बाँके लगायतका विभिन्न जिल्लाहरूमा औपचारिक रूपमा आफ्नो सेवा विस्तार गरिएको जानकारी दिए ।
द ब्युटी वल्डले झापाको विर्तामोडमा केन्द्रीय कार्यालय स्थापना गर्दै शाखा विस्तार गरिरहेको जानकारी दिदै, यसले अन्य जिल्लामा पनि काम गर्न सजिलो बनाउने बताए । “अबदेखि, महिलाहरूलाई व्युटिसियनको तालिमका लागि काठमाण्डौं जस्तो अन्य ठाँउमा जानु पर्ने अवस्थाको अन्त्य भएको समेत उनले दाबि गरेका छन् । जसले स्थानीय स्तरमा सिप सिक्न चाहने दिदिबहिनीहरूलाई ठूलो सहुलियत प्रदान गर्नेछ उनको भनाई रहेको छ ।
२०७९ सालमा स्थापना भएको द ब्युटी वल्ड ३ वर्षको अन्तरालमा हजारौं महिलालाई व्युटी र मेकअप सम्बन्धी तालिम निशुल्क प्रदान गरिसकेको छ । धेरै दिदिबहिनीहरूले तालिमपछि आत्मनिर्भरता हासिल गर्न सफल भएका छन् भटराईले भने, “हामीले महिलाहरूलाई केवल तालिम मात्र दिनु होइन, उनीहरूलाई सशक्त बनाउने उद्देश्यमा पनि काम गर्दैछौं । यसले उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउनेमा आफुले विश्वास लिएको बताए ।
संस्थानले देशभरका ४० जिल्लामा ४०० जना महिलालाई निशुल्क वार्षिक तालिम प्रदान गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने योजना बनाएको छ । यस योजनाले महिला दिदिबहिनीहरूलाई व्यावसायिक तालिम प्राप्त गर्न र आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्न मद्दत गर्ने द ब्युटी वल्ड मेकअप पार्लर एण्ड ट्रनिङ सेन्टर संस्थाका संस्थापक वत्सल भटराईले बताए ।
यो पहलले समाजका लागि ठूलो महत्व राख्छ । महिलाहरूलाई सिप सिक्ने अवसर प्रदान गर्नाले उनीहरूको आर्थिक स्थिति सुधार्न मात्र होइन, परिवार र समाजमा पनि सकारात्मक परिवर्तन ल्याउनेछ । महिलाहरू सशक्त र आत्मनिर्भर हुँदा, समाजका अन्य क्षेत्रहरूमा पनि यसले सकारात्मक प्रभाव पर्छ ।
द ब्युटी वल्डले भविष्यमा अझ धेरै कार्यक्रम र तालिमका अवसरहरू थप्ने योजना बनाएको छ । भटराईले भने, “हामीले महिला दिदिबहिनीहरूको लागि अनलाइन तालिम कार्यक्रम समेत सञ्चालन गर्ने योजना बनाएका छौं । यसले ती दिदिबहिनीहरूलाई, जो घरमा रहेका छन्, सिप सिक्न र आफ्नो व्यवसाय सुरु गर्न मद्दत गर्नेछ ।
यस संस्थाको प्रयासले महिला सशक्तिकरण र स्वरोजगारका क्षेत्रमा नयाँ अध्याय रचना गर्ने विश्वास गरिएको छ । यसले समाजमा एक सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । द ब्युटी वल्ड मेकअप पार्लर एण्ड ट्रनिङ सेन्टरले स्थानीय स्तरमा सशक्तिकरण र आत्मनिर्भरता प्रोत्साहन गर्ने यो कदमले महिलाहरूलाई नयाँ ऊर्जाको संचार गर्नेछ र समाजमा थप सशक्त आवाजको निर्माणमा योगदान गर्ने भएको छ ।