शिवपुरी तेक्वान्दो प्रतियोगितामा बाँकेका खेलाडीहरूको सफलताको नयाँ अध्याय

कोहलपुर असोज ६- असोज २ देखि ५ गतेसम्म शिवपुरी तेक्वान्दो डोजाङ्गमा सम्पन्न “प्रथम सुदूरपश्चिम शिवपुरी खुल्ला फ्रेन्डशिप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८१” मा बाँके जिल्लाका खेलाडीहरूले अभूतपूर्व सफलता हासिल गर्दै ११ स्वर्ण, ७ रजत, र १० कांस्य पदक जित्न सफल भएका छन्। यो प्रतियोगितामा देशभरका उत्कृष्ट तेक्वान्दो खेलाडीहरूको सहभागिता रहेको थियो।

बाँकेका खेलाडीहरूको यो उत्कृष्ट प्रदर्शनले जिल्लाको तेक्वान्दो क्षेत्रमा मान प्रतिष्ठा वृद्धि गरेको छ। बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले खेलाडीहरूको उपलब्धिलाई प्रशंसा गर्दै बधाई दिनुभएको छ र आगामी प्रतियोगिताहरूमा पनि यस्तै सफलता कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतियोगितामा रेफ्रीको जिम्मेवारी बिमला भण्डारी र राम रति थारुले निभाएका थिए। पुम्से विधामा पुरुषतर्फ सुजल चन्द र महिलातर्फ सस्कृति गुरुङ्गले पहिलो स्थान हासिल गरेका छन्। फाइट विधामा सन्तोष थारु र पार्वती बुढा उत्कृष्ट खेलाडीका रूपमा चिनिएका छन्।

टिम व्यवस्थापनको जिम्मेवारी सुभास जि.एम.ले सम्हालेका थिए भने प्रशिक्षकको रूपमा सिद बहादुर चन्द कार्यरत थिए। बाँकेका खेलाडीहरूको प्रदर्शनले आगामी प्रतियोगिताहरूमा उच्च अपेक्षा जगाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर