रश्मी घिसिङको ५ गोलले एपीएफलाई कोशीविरुद्ध ठूलो जित दिलायो

काठमाण्डौ, असोज ४ – एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ६ गोल थपेको हो। यस खेलमा एपीएफकी रश्मीकुमारी घिसिङले ५ गोल गर्दै खेलको नायक बनिन्। अनिता बस्नेतले २ गोल गर्दा, अनिता केसीले १ गोल थपिन्।

यस जितसँगै एपीएफले अपराजित यात्रा जारी राखेको छ र ७ खेलमा १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। कोशीले ७ खेलमा १० अंक प्राप्त गर्दै पाँचौं स्थानमा रहेको छ।

आजै त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका बीचको खेल पनि एन्फा कम्प्लेक्समा हुँदैछ। आर्मी दोस्रो स्थानमा छ भने चन्द्रपुर छैटौं स्थानमा रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर