प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम
कोहलपुर असोज १ – कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मेयर पुर्ण प्रसाद आचार्यले प्रमुख प्रशासकीय अधिकृत मान ब गिरीलाई स्वागत गर्दै, नगरको विकास र प्रगतिको लागि नयाँ नेतृत्वको योगदानलाई महत्वपुर्ण रहने बताएका छन् । उनले भने, “हामीलाई आशा छ कि, तपाईंको कार्यकालले हाम्रो नगरको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।
उपमेयर संगिता सुवेदीले स्वागत गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गरेर अगाडी बढ्ने बताएकी छिन् । तपाईंको अनुभव र दक्षताले नगरवासीहरूको समस्याहरू समाधान गर्न र सेवा प्रवाहमा सुधार ल्याउन मद्दत पुर्याउनेछ भन्ने विश्वास रहेको बताइन् ।
नव प्रमुख प्रशासकीय अधिकृत मान ब गिरीले आफ्नो स्वागत र विश्वासको लागि धन्यवाद व्यक्त गर्दै, नगरको विकास र प्रगतिको लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरका छन् । “सार्वजनिक सेवामा समर्पित भएर नगरको सम्पूर्ण समृद्धि र सामाजिक विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोहलपुर नगरपालिकामा नयाँ नेतृत्वको आगमनको शुरुवातको संगै नगरवासीहरूले यसलाई सकारात्मक र विकासमुखी कदमको रूपमा स्वागत गरेका छन् ।