विदेशबाट आएपछी तत्काल घर नजान आग्रह

काठमाडौँ, २५ भदौ ।

नेपालमा पनि मङ्कीपक्सको जोखिम रहेको भन्दै विदेशबाट आउने नागरिकलाई तत्काल परिवारको सम्पर्कमा नजान सरकारले अनुरोध गरेको छ । नेपालमा चाडपर्व सुरु भइसकेको र अब विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्किने क्रम बढ्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्सको जोखिम कम गर्न विदेशबाट आएका व्यक्ति र परिवार सचेत हुनुपर्ने बताएको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले गत वर्ष नेपालमा एकजना विदेशी महिलामा यो सङ्क्रमण देखिएकाले यस वर्ष विशेष सतर्कता अपनाइएको दाबी गर्नुभयो ।

छुँदा मात्र नभइ एउटै ओच्छ्यान प्रयोग गर्दा पनि मङ्कीपक्सको सङ्क्रमण सर्ने भएकाले विशेष ध्यान दिन सरुवा रोग विशेषज्ञहरूले आग्रह गरेका छन् । यो वर्ष मङ्कीपक्सको सङ्क्रमण १ सय ६० प्रतिशतले बढेको र हालसम्म ३४ देशका साढे १५ हजारभन्दा धेरैमा पुष्टि भएको मङ्किपक्सका कारण पाँच सय ३७ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर