अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारमा समेट्न रोजगारदाताहरुलाई अभिमुखीकरण कार्यक्रम

तुलसीपुर १०, दाङ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा लिने र समावेशी कार्यस्थलबारे बुझाउन रोजगारदातालाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । USAID को आर्थिक सहयोगमा CBM, DEC – Nepal र KOSHISH को आयोजनामा बाँके र दाङमा यो कार्यक्रम गरिएको हो । वाँकेको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिका गरी जम्मा ५७ वटा वडामा यो कार्यक्रम गरिएको हो । त्यसै गरी तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडालाई समेट्ने गरी ६ दिनसम्म अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिन किन आवश्यक छ र रोजगारमा समेट्दा हुने राम्रा पक्ष र त्यसको प्रभाव बारे बिभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्व, व्यवसायी, स्थानीय जनप्रतिनिधि, सम्बन्धित सरोकारवाला र पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रमको छैठौ दिनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राम बहादुर जिसी कार्यक्रममा सहभागी भई अपाङ्गता भएका व्यक्तिहरुलाई वडा भित्र कुनै पनि कार्यालय वा संघसंस्थामा रोजगार दिने र व्यवसाय गर्न चाहाने व्यक्तिलाई कर छुट र प्रोत्साहन गर्ने कुरा राख्नुभएको थियो, भने महिला बालबालिका तथा सामाजिक विकास महाशाखा प्रमुख माया श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको हक हितको सवालमा नीतिगत त्रुटिहरुलाई सच्याउने र सीपमूलक तालिममा जोड दिने जस्ता कुरा राख्नुभएको थियो । त्यसैगरी कृषि शाखा प्रमुख धनराज गौतमले कृषिमा आएका बिभिन्न योजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकता र हौसला दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस कार्यक्रमा पटक–पटक प्रश्न राख्ने र सल्लाह पनि दिने पशु शाखा प्रमुख सुवाष आचार्यले पनि सकेको सहयोग गर्ने र रोजगार दिदा धेरै कुरामा सबैलाई राम्रो हुने हुँदा सकेको सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो । त्यसैगरी रोजगार शाखा प्रमुख अम्बिका पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई वर्ग अनुसार रोजगारमा समेट्न स्थानीय सरकारको अहम भुमिका रहने बताउनु भयो ।

यसरी बिभिन्न रोजगारदाताहरुले कार्यक्रममा सहभागी भईसकेपछि अपाङ्गता भएका व्यक्तिलाई रोजगारमा समेट्दा उ आफै आत्म निर्भर हुने र अन्य व्यक्ति भन्दा इमान्दार र सहज हुने हुदा समाज परिवर्तनका लागि अहम भुमिका खेल्ने भएकोले रोजगारमा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो र पशुपति महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमुना कडेल शाहले पनि अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा संस्थाद्धारा ऋण उपलब्ध गराई व्याजदरमा पनि छुट दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो र मिडियाबाट सहभागी हुने साथीहरुले पनि यस्ता खबरलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । १८ देखि ५८ वर्ष उमेर समूहका व्यक्तिहरुलाई रोजगारमा समेट्ने उद्देश्यले बिभिन्न रोजगारदाताहरुसंग यो कार्यक्रम गरिएको थियो । DEC NEPAL का कार्यक्रम प्रवन्धक जीवन गिरीले प्रशिक्षण दिनु भएको थियो र वरिष्ठ आर्थिक शसक्तिकरण सहजकर्ता देवा डाँगीले कार्यक्रमकाे सहजीकरण गर्नुभएको थियो भने आर्थिक शसक्तिकरण सहजकर्ता बसन्ती वलीले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर