पेरिस ओलम्पिकको पुरुष फुटबलमा मोरोक्कोले अर्जेन्टिनालाई हरायो


एजेन्सी साउन १०,, ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई हराएको छ । हिजो भएको पहिलो खेलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ गोलको हराएको हो ।

ओलम्पिकको उद्घाटन भोलि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल हिजोदेखि शुरु भएको हो । हिजै भएको समूह ’सी’ को खेलमा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हराएको छ । समूह ’ए’ को खेलमा न्यूजिल्याण्डले गिनीलाई २–१ ले हराएको छ ।

समूह ’सी’ को अर्को खेलमा इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेलेका छन् । यस्तै समूह ’बी’ को इराकले युक्रेनलाई २–१ ले हराएको छ । समूह ’डी’ मा जापानले पाराग्वेलाई ५–० ले हराएको छ । समूह ’ए’ अन्तर्गत आयोजक फ्रान्सले अमेरिकालाई ३–० ले हराएको छ । समूह ’डी’ को मालि र इजरायलले १–१ गोलको बराबरी खेलेका छन् ।

पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलका खेल आजदेखि शुरु हुनेछन् । ओलम्पिकमा २३ वर्ष मुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्छ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर