कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले व्यावसायिक केन्द्र सञ्चालन गर्ने

चितवन असार १७, – रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय सञ्चालनका लागि घुम्ती कोष परिचालन गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डाक्टर ऋषिराम कट्टेलका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कोष सञ्चालनमा ल्याइने छ । शुरुमा आयोगले दुई करोड रुपैयाँ उपलब्ध गराउने छ भने क्रमशः बजेट थप गर्दै लगिने छ । यसका लागि स्नातक वा योभन्दा माथि पढ्दै गरेका विद्यार्थी, प्राध्यापक र प्राविधिक कर्मचारीको समूह बन्ने छ । यो समूहलाई प्रस्तावका आधारमा २० देखि ४० लाख रुपैयाँ रकम तीन वर्षका लागि विना ब्याजमा उपलब्ध गराइने छ ।

निर्देशनालयले आउने साउनको अन्तिमसम्ममा प्रस्ताव माग्ने तयारी गरेको छ । कृषि, पशु, भेटेनरी, माछालगायतको उत्पादन र बजारीकरणसम्बन्धी प्रस्ताव आह्वान गरिने छ । बीउ उत्पादन, बिरुवा उत्पादन, कीरा मार्न उत्पादन हुने कीरा, हाइटेक नर्सरीजस्ता परियोजनामा लगानी गरिँदै छ । विद्यार्थीलाई व्यावसायिक रूपमा अघि बढ्न र विदेश जानबाट रोक्न यो परियोजना प्रभावकारी हुने देखिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर