फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै


एजेन्सी असार १६, फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गर्नुभएको हो ।

आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ । यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका पाँच सय ७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ ।

संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् । आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै पाँच सय ७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ ।

विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ । जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् ।

संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले दुई सय ८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै एक सय ७२ सिट जितेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर