पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस सुइकोटमा भव्य रुपमा सम्पन्न

भुपेश वली,
तुलसीपुर १९ गते ।

कुनै राज घरानमा हुने विहे जस्तो पुरै डाडाँ सजिएको छ । हजाराै‌ जनाको उपस्थितिमा सयौं जनाले हातमा फुलका माला लिएर बसेको विचमा एउटा स्कारपियो गाडीबाट ओर्लन्छन् नेपाली सिने क्षेत्रका चर्चित एक्सन नायक निखिल उप्रेती, अनि हुटिङ्ग, ताली र बाजा घन्किन्छ । यो माहोल थियो । दाङ शान्तिनगर गाउँपालिका अन्तर्गत वडा नं. ३ मा पर्ने सुईकोट डाँडामा, चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा शान्तिनगर गाउँपालिकाको सहयोगमा भएको कार्यक्रम हो । पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस जुन कार्यक्रमका लागि एक्सन नायक निखिल उप्रेती र चलचित्र पत्रकार संघ नेपालका कार्य समिति उपाध्यक्ष कुवेर गिरी काठमान्डौबाट आएका थिए । जुन कार्यक्रममा औपचारिक र अनौपचारिक गरी दुई भागमा बिभाजन गरिएको थियो । खमबहादुर बुढा मगर र गंगाराम पाण्डेको स्वागत गीतबाट कार्यक्रम सुरु भएको थियो, भने साहित्यकार डा. रोकराज पराजुली, वडा नं. ३ का वडाध्यक्ष मिन बहादुर के.सी., पत्रकार सरद रेग्मी, शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा के.सी, दंगीशरण गाउँपालिकाका अध्यक्ष सम्भु गिरी र औपचारीक कार्यक्रमका प्रमुख अतिथि शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत शान्तिनगर गाउँपालिका भित्र बिभिन्न पर्यटकीय स्थलको महत्व दर्साउदै दाङ जिल्ला नै चलचित्र निर्माण तथा छायांकनको लागि उपयुक्त भएको कुरामा जोड दिएका थिए । त्यसै गरी दोस्रो कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य ध्रुव राज न्यौपाने (डि आर एन)ले चलचित्र बहस कार्यक्रमको सहजकर्ता भई प्रमुख बक्ता एक्सन नायकसँग पर्यटन र सिनेमाको विषयमा थुप्रै प्रश्नहरु गरेका थिए भने निचोडमा नायकले यहाँको सुन्दर ठाउँ र कुनै पनि ऐतिहासिक महत्व बोकेको क्षेत्रको भिडियो चलचित्र विकास बोर्डमा उपलब्ध गराउँदा चलचित्रकर्मी आउने कुरामा जोड दिएका थिए । त्यसै गरी अन्य बक्ताहरुमा पालिकाका अध्यक्ष प्रमोद बस्नेतले पनि अव यस्ता क्षेत्रमा महत्वका साथ बजेट बिनियोजन गर्ने बताएका थिए । अन्य बक्ता मध्ये चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष कुवेर गिरीले यस्ता विषयमा जागरुकताका साथ कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका थिए भने अर्का बक्ता डा. गोविन्द आचार्यले दाङमै भएका इतिहास खोज तलास ग¥यो भने विश्व चिनाउने कथा बस्तु भएको दाबी गरेका थिए । यस कार्यक्रममा सहजकर्ता न्यौपानेले दाङ जिल्लाका राष्ट्रिय स्तरका चर्चित पत्रकार, कलाकार, गायककार र दाङमै बनेका चलचित्रको बारेमा समेत प्रकाश पारेका थिए भने औपाचारिक कार्यक्रमको सहजिकरण रिपोर्टस क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर