सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा प्राविधिक समस्या, विमानस्थलमै रोकियो जहाज


काठमाण्डौ कार्तिक २७ ( हुम्लाको सिमकोटबाट बाँकेको नेपालगञ्जका लागि उडान भर्ने क्रममा प्राविधिक समस्या आएपछि नेपाल एअरलाइन्सको ट्विनअटर जहाज सिमकोट विमानस्थलमै रोकिएको छ ।

जहाजको बायाँ इन्जिनमा खराबी आएपछि जहाज सिमकोट विमानस्थलमै रोकिएको हो । नेपालगञ्जका लागि १४ जना यात्रुहरू राखेर उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या देखिएको नेपाल एअरलाइन्स सिमकोट स्टेशनका प्रमुख बलराज हमालले बताउनुभयो ।

नेपाल एअरलाइन्स नेपालगञ्जका सहायक बलबहादुर सुनारले भोलि दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताउनुभयो । सोमवार प्राविधिकलाई बोलाउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको उहाँले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर