भारतले भूकम्प प्रभावित क्षेत्रमा तेस्रो लटको राहत सामग्री पठायो


कोहलपुर बाँके कार्तिक २४ भारत सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई पठाएको तेस्रो लटको राहत सामग्री बाँके प्रशासनले प्रभावित क्षेत्रमा पठाएको छ ।

नेपालगञ्ज विमानस्थलमा विहिबार साँझ आइपुगेको तेस्रो लटको सामग्री विहिबार साँझै प्रभावित क्षेत्रमा पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । भारत सरकारले सिलिपिङ व्याग २९०० थान, ब्ल्यांकेट २८०० थान, ठूलो टेन्ट २४ थान, सानो टेन्ट ४५ थान र औषधि १०० किलो रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

गत आइतबार भारतबाट पहिलो लट सामान आएको थियो । उक्त सामान भारतीय राजदुत नवीन श्रीवास्तवले उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । दोस्रो लटको सामग्री सोमबार आएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर