कोहलपुर गोल्ड कपको आज फाईनल खेल हुदै , आर्मी र चर्च ब्वाइज भिड्दै,


कोहलुर बाँके कार्तिक २२
मुख्यमन्त्री कोहलपुर गोल्ड कप फूटबल प्रतियोगिता’ को उपाधिका लागि आज चर्च ब्याइज युनाइटेड क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । प्रतियोगिता दिउसो २ः३० बाट हुने छ ।
चर्च ब्याइजले गोर्खा व्वाइज स्पोर्ट्स क्लब र त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । दुधौलीलाई ४–१ ले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो भने गोर्खा व्वाइज स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका चर्च व्वाइज युनाइटेड काठमाडौं, गोर्खा व्वाइज स्पोर्ट्स क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो हुनेलाई ४ लाखसहित ट्रफी प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिए। कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर