धादिङमा लगातार सात पटक भूकम्प, आठ घरमा पूर्ण तथा ५१ घरमा आंशिक क्षति



कोहलपुर बाँके कार्तिक ६, हिजो धादिङमा लगातार सात पटकसम्म भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिकाको खरी आसपासलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएपछि फेरि ६ पटकसम्म धक्का महसुस भएको थियो ।

हिजो बिहान आठ बजेर आठ मिनेटमा चार दशमलव २, आठ बजेर २८ मिनेटमा चार दशमलव ३, आठ बजेर ५९ मिनेटमा चार दशमलव १ रेक्टरस्केलको परकम्प गएको गयो । यस्तै, दिउँसो चार बजेर ३ मिनेटमा चार दशमलव चार, बेलुका पाँच बजेर ३१ मिनेटमा पाँच र पाँच बजेर ३३ मिनेटमा पाँच दशमलव १ रेक्टरस्केलको परकम्प गयो ।

हिजो शुरुदेखि गएका सबै भूकम्प २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो भूकम्प गएपछि त्यसको परकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन हुन्न ।

विश्वमा दुई सय वर्षसम्म पनि परकम्प गएको रेकर्ड रहेको बताउनुभयो । भूकम्पका कारण आठ वटा घरमा पूर्ण क्षति भएको छ भने ५१ वटा घरमा आशिंक क्षति भएको ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनैले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार लगातार भूकम्प गइरहेकाले नागरिक त्रसित छन् । साभार उज्यालो अन्लाईन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर