पेशागत मर्यादा विपरित टिकाटिप्पणी नगर्न महासंघ बाँकेको आग्रह ।।

कोहलपुर बाँके भदौ, बाँके नेपाल पत्रकार महासंघ बाँकेले सामाजिक सञ्जाल वा त्यससँग जोडिएका ग्रुपमा पेशागत मर्यादा विपरित हुने गरी टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पेशागत जवाफदेहिताप्रति गम्भीर बन्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

महासंघले नेपाल प्रहरीसँगको सहकार्यमा साईबर अपराध सम्बन्धी सचेतनाका विषयमा नेपालगन्ज र कोहलपुरमा पत्रकारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै शाखा उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा कार्यसमिति सदस्य सावित्री गिरी र पवित्रा परियार सदस्य रहने गरी महिला विभाग गठन गरिएको सचिव कमल डाँगीले जानकारी दिएका छन् ।

साथै यही भदौ ३० गते बिहान ११ बजे विगतका वर्षझैं महासंघ परिसरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । महासंघ बाँके शाखाका पूर्वसभापति एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ९चाचा जी० को ९५औं जन्मजयन्तीको अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको छ ।

शाखाको २०७९ मा सम्पन्न साधारणसभाको घोषणापत्रमा समेत समेटिएको स्वर्गीय गुप्तको नाममा सडक र चोक नामाकरण गर्ने विषयलाई तत्काल कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिका सहित सरोकारवाला पक्षसँग छलफल र सम्वाद गर्ने निर्णय गरिएको सचिव डाँगीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर