रुकुम पश्चिमबाट हराएका बालक सल्यानमा भेटिए

साउन १३ रुकुम पश्चिम ।
रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्वर-१ का १२ वर्षका आयुष किरण बिक, १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानको त्रिवेणी गाउँपालिका-६ लुहाममा सकुशल फेला परेका हुन् ।

उनीहरु साउन ९ गते बेलुका ६ बजेदेखि हराएका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आफन्तले बालक हराएको जानकारी गराएपछि खोजी थालिएको थियो ।

रुकुम पश्चिमको मुसीकोटबाट बसमा चढेका उनीहरु सल्यानसम्म पुगेका थिए । फेला परेका तीनै जना बालकलाई अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर