ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु
तुलसीपुर, ४ बैशाख ।
ट्रकको ठक्करबाट दाङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।
भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ख ३८१ नम्बरको ट्रकले खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुबै जनाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रवक्ता गौतमका अनुसार एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ