सिद्धार्थ बाल विकासमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण

आर.ए. अन्जान
कपिलवस्तु, २४ चैत ।

सिद्धार्थ बाल विकास केन्द्रले दाेस्राे वार्षिकोत्सब, नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-५, चन्द्राैटा अवस्थित केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच नतिजा प्रकाशन गरेकाे केन्द्रले जनाएको छ ।

केन्द्रमा अध्ययनरत बालबालिकाले सत प्रतिशत उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकाे केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चाैधरीले जनाए । उनका अनुसार हाल केन्द्रमा ५२ जना बालबालिका अध्ययनरत छन् । केन्द्रले मन्टेश्वरी सिकाईकाे माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएकाे छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रराज बेल्बासेले बाल विकास केन्द्रकाे उचित व्यवस्थापनकाे साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीकाे माध्यमबाट बालबालिकाहरुकाे सिकाई क्रियाकलापमा जाेड दिन आवश्यक रहेकाे उनले जनाए ।

उनले भने : “शैक्षिक सामग्री बालबालिकाहरुकाे अध्ययनका लागि अति उपयुक्त हुन्छ । यसले विद्यार्थीकाे मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताकाे महसुस हुन्छ” ।

यसैबीच समाजसेवी तथा शिक्षाप्रेमी रहिश शाहले बालबालिकाकाे शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालकाे अवरोधसमेत नहुने बताए । बालबालिका बृद्धि र विकासमा असर नपर्ने जनाउँदै बच्चाले पढ्दै, सिक्दै जाओस्, पढाइकै कारण केन्द्रमा अध्ययन मात्र गर्न आएकाे उनकाे भनाइ छ ।

यस्तै किडार्क नेपालका सामाजिक विकास अधिकृत बिनाेद केवटले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थित बनाउँदै लैजाने बताए । स्थापना कालदेखि नै उचित व्यवस्थाकाे साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएकाे उनले जनाए ।

केन्द्रकी प्रधानाध्यापक दीपा चाैधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले समेत ध्यान पुर्‍याउन आग्रह गरिन् । अभिभावकले परिवारमा दिने माया, ममता जस्तै शैक्षिक केन्द्रमा बच्चालाई अध्यपन गराउने गरेकाे उनले जिकिर गरिन् ।

यस्तै स्थानीय समाजसेवी प्रकाश थारु, अभिभावककाे तर्फबाट लता केसीले लगायतले कार्यक्रमलाई सम्बाेधन गर्दै खेलकुद लगायत बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन जाेड दिनुपर्ने मन्तव्य राखेकी थिइन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर