दाङबाट काठमाण्डौ भनेर यात्रुलाई नेपालगञ्ज लगेर छोड्ने सीता एअरमाथि छानबिन सुरु
काठमाण्डौ, २० चैत ।
सीता एअरलाइन्सको विमानले दाङबाट काठमाण्डौ जाने यात्रुलाई नेपालगञ्ज पुर्याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण क्यानले छानबिन सुरु गरेको छ । सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ जाने यात्रुलाई नेपालगञ्ज पुर्याएको थियो ।
काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिनुभएको छ । सीता एअरले नेपालगञ्ज पुर्याएर छोडेपछी यात्रुहरु अन्य एअरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाण्डौ पुगेका थिए ।