तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक व्यक्ति घाइते

तुलसीपुर, १६ माघ ।

दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक व्यक्ति घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर १२ निवासी २९ वर्षीय हेमन्त थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर बाट जसपुर तर्फ जादै गरेको भे ११ प १३४१ नम्बरको मोटरसाइकलले उनलाई सोमबार बिहान ७ बजेको समयमा टरीगाँउ नजिकै ठक्कर दिदा दुर्घटना भएको हो ।

घाइतेको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ । चालकको साथमा साइसेन्स ब्युबुक केहीपनी नभएको र मोटरसाइकल सहित उनलाई नियन्त्रनमा लिएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर